- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ःमंसिर २३- दोलखाको लामाबगरमा काम गर्ने क्रममा लडेर एक जना मजदुरको मृत्यु भएको छ । जिल्लाको बिगु गाउँपालिका वडा नम्वर १ लामाबगरको बाबरी हाईड्रोपावरमा काम गर्ने क्रममा लडेर घाईते हुनुभएको ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्वर ५ का ३९ वर्षीय शुक्र बहादुर राई सुरुङ भित्र ड्रिल खोप्ने क्रममा लडेर घाईते हुनुभएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक श्रीराम तिम्लिसीनाले जानकारी दिनुभयो । उहाँका अनुसार लडेर घाईते हुनुभएको राईको उपचारको क्रममा धुलिखेल अस्पताल शाखा दोलखामा मुत्यु भएको हो । प्रहरीले थप अनुसन्धन गरी रहेको जनाएको छ ।