- by agenonews
- Jun 19, 2025
अगेनो सम्वादाता ः भदौ ३१- दोलखामा तीन दिनसम्म संविधान दिवस २०८२ जिल्ला व्यापीरुपमा विभिन्न कार्यक्रम गरि मनाईने तयारी गरिएको छ । जिल्ला समन्वय समिति दोलखामा आज संविधान दिवस मनाउने सम्वन्धी भएको छलफल बैठकले जिल्लामा आगामी असोज २,३ र ४ गते तीन दिनसम्म नै जिल्लाका सबै सरकारी निकाय प्रतिष्ठान तथा संघ संस्थाका कार्यालयहरुको छत वरण्डा र परिसरमा निर्धारित साइजमा राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने र साँझ सम्पूर्ण कार्यालयहरु र जिल्ला बासीका घर–घरमा समेत दीप प्रज्जवलन गर्ने निर्णय गरेको छ । जिल्ला समन्वय समिति दोलखाका प्रमुख वर्जुराम घतानीको अध्यक्षतामा भएको बैठकले असोज ३गते बिहान भीमेश्वर नगरपालिका स्थित चरिकोट सातदोबाटोमा जम्मा भई बाजागाजा र प्रभातफेरी सहितको ¥याली शुरु भई पशुपतिडाँडा हुँदै पुनःसातदोबाटोमा पुगी कोणसभामा परिणत निर्णय गरेको छ । ¥यालीमा जिल्लामा क्रियाशील राजनैतिक दलहरु,सम्पूर्ण निजामती कर्मचारीहरु, नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी बल नेपाल, चरिकोट सदरमुकाम स्थित सार्वजनिक तथा निजी विद्यालयका शिक्षकहरु,गौरीशङ्कर क्याम्पस चरिकोटका शिक्षक तथा विद्यार्थीहरु, सदरमुकामस्थित सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरु र लालीगुराँस युवा क्लव चरिकोटका सदस्यहरु औपचारिक पोशाकसहित अनिवार्य सहभागी अनुरोध गरिएको छ । जिल्ला समन्वय समिति दोलखाका प्रमुख वर्जुराम घतानीको संयोजकत्वमा अन्य सरोकारवालाहरु सदस्य रहने गरि संविधान दिवस मनाउनका लागि मुल समारोह समिति समेत गठन गरिएको छ ।