- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ःकार्तिक ११- दोलखाको भीमेश्वर मन्दिरमा आज राष्ट्रपति कार्यालयबाट क्षमापुजा गरिएको छ । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरमा पसिना आएको तर कोहि कसैले याद नगरेका कारण राष्ट्रमा अनिष्ट भई रहेको भन्दै आज राष्ट्रपति कार्यालयबाट सुभसाईत पारेर क्षमापुजा गरिएको दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिका सचिव राजेन्द्र नारायण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रपति कार्यालयका उपसचिव इश्वरी प्रसाद पाण्डे,शुसिल तिमलसिना ,कुमारी घरका अध्यक्ष गौतम शाक्य,प्रमुख जिल्ला अधिकारी भोला दाहाल,गरुडदल दोलखाका गणपति लोक सागर कटुवाल,अनुसन्धान अधिकृत धिरज वाँनिया र प्रहरी निरिक्षक श्रीराम तिमल्सीना लगायतका सरकारी कर्मचारी भीमेश्वर नगरपालिकाको वडा नम्वर २का वडा अध्यक्ष स्टालिङ श्रेष्ठ सहितको सहभागीतामा क्षमपुँजा गरिएको हो । भीमेश्वरलाई पसिना आएपछि पसिना पुछिएको कपास ‘महाप्रसादको रुपमा राष्ट्रपति कार्यालय पठाएपछि त्यहाँबाट क्षमापूजा गर्ने प्रचलन छ रहेको छ । तर यो पटक पसिना आएको भएपनि कसैलाई थाहा नभएको भन्दै भीमेश्वरमा क्षमापूजा गरिएको हो ।