- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ःकार्तिक १०- दोलखाको शैलुङमा खुकुरी प्रहारबाट एक जना घाईते हुनुभएको छ । जिल्लाको शैलुङ गाउँपालिका वडा नम्वर ८ पाडेखानीका ४६ वर्षिय कृष्ण तामाङले खुकुरी आज प्रहार गदाँ सोहि स्थानका ५० वर्षिय केशब गुरुङ घाईते हुनुभएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । तमाङले टाउकोमा घरेलु हतियार खुकुरी प्रहार प्रहारगदाँ घाईते हुनुभएको गुरुङले स्वास्थ्यकर्मी घरमा नै बोलाएर प्राथमिक उपचार गर्नुभएको थियो भने थप उपचारका लागि लागि काठमाडौं पठाइएको छ । गुरुङ खाना खाएर बसी रहेको अवस्थामा तमाङले एक्कासी खुकुरी प्रहार गर्नुभएको भैसेप्रहरी चौकीले जनाएको छ । कुखुरी प्रहार गर्ने तमाङलाई कुखरी सहित भैसेप्रहरी चौकीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय दोलखामा थप अनुसन्धानका लागि पठाईएको छ ।