Thursday, November 6, 2025

दोलखामा जेनजी आन्दोलनका घाईते आएनन परिचयपत्र लिन


अगेनो न्यूज ःकार्तिक १२-जेनजी आन्दोलनका घाईतेहरुलाई जिल्ला प्रशासन कार्यालय दोलखाले परिचयपत्र लिन आउन आव्हान गरेपनि हाल सम्म एक जनाले पनि परिचय पत्र नलिएको पाईएको छ । जिल्ला प्रशासन कार्यालय दोेलखाले गत असोज ३० गते घाईतेहरुको सूचीसहित जिल्लाका पालिकाहरुलाई पत्राचार गरेर आवश्यक कागजात सहित कार्यालयमा सम्पर्क गराईदिन अनुरोध गरेको भएपनि हाल सम्म कोहि घाईते पनि परिचयपत्र लिन नआएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।  आन्दोलनका घाईतेहरुलाई परिचयपत्र दिने र तत्काल भैपरी खर्च बापत २० हजार रुपैयाँ रकम दिने सरकारको निर्णय अनुसार परिचय पत्र बनाएर सहयोग लिन प्रशासनले अनुरोध गरेको छ । परिचयपत्र तथा सहयोग लिनका लागि आन्दोलनमा घाईते भएर उपचार गराएका कागजात,नेपाली नागरिकताको प्रमाणपत्र,वडाबाट ३ पुस्ते खुलेको सिफारिस पत्र, २ वटा फोटो र घाईतेको नाममा रहेको बैंक खाताको चेकको प्रतिलीपीसहित घाईते व्यक्ति आफैँ उपस्थित हुनुपर्ने जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । जिल्लामा जेनजी आन्दोलनका घाईतेहरुलाई तत्काल २० हजार रुपैयाँ रकम दिने सरकारको निर्णय अनुसार २ लाख ६० हजार रुपैयाँ रकम प्राप्त हुने जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । उक्त रकम घाईतेहरुको परिचयपत्रको आधारमा जिल्ला प्रशासन कार्यालयले माग गर्ने नायब सुब्बा हरिराम न्यौपानेले बताउनुभयो । उहाँका अनुसार गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा १३ जना घाईते हुनुभएको वितरण प्राप्त भएको छ । जेनजी आन्दोलनमा दोलखाका तीन जनाको मुत्यु भएको थियो ।



Super Admin

agenonews

Please Login to comment in the post!

you may also like