- by agenonews
- Jun 19, 2025
अगेनो सम्वादाता ः असोज ८- दोलखाको भीमेश्वर नगरपालिकामा गत आर्थिक वर्ष १२.६ किलोमिटर पक्की सडक निर्माण भएको जनाईएको छ । जिल्लाको भीमेश्वर नगरपालिका भित्र गत आर्थिक वर्ष २०८२÷०८३ मा १२.६किलोमिटर पक्की सडक निर्माण भएको नगरपालिकाले जनाएको छ । भीमेश्वर नगरपालिका स्थापना भए यताकै यस आर्थिक वर्षमा सर्वाधिक १२।६किलोमिटर पक्की सडक निर्माण गरिएको नगरपालिका प्राविधिक शाखा प्रमुख ईन्जिनीयर शुरेस राउतले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकामा गत आर्थिक वर्ष १५..३ किलोमिटर धुले सडकलाई ग्राभेल र सोलिङ गरी स्तरोन्नती गरिएको थियो भने ५.२ किलोमिटर कच्ची सडक निर्माण गरिएको थियो ।