- by agenonews
- Jun 19, 2025
अगेनो सम्वादाता ः असोज ८- नेकपा एमालेका स्थायी कमीटी सदस्य एंवम बागमति प्रदेश कमीटीका ईञ्चाज डाक्टर राजन भट्रराईले पार्टीका नेता कार्यकर्ताहरुलाई धैर्य र संयमित बन्न अनुरोध गर्नुभएको छ । नेकपा एमाले दोलखाको ८ औँ पुर्ण बैठकलाई आज सदरमुकाम चरिकोटमा सम्वोधन गर्नुहुदैँ उहाँले पार्टी र नेतृत्व विरुद्ध चौतर्फी आक्रमण भएका कारण समस्या सिर्जना भएको बताउनुभयो । उहाँँले भन्नुु भयो जेन–जी आन्दोलनको बारेमा पार्टी भित्र गम्भीर रुपमा समिक्षा हुने छ । पार्टीको सचिवालय र केन्द्रिय कमीटी बसेर पार्टीले आफ्नो धारणा सार्वजनिक गर्ने उहाँले बताउनु भएको छ । जेन–जी प्रदर्शनको आवरणमा स्वार्थ समूहले निहीत स्वार्थ पूरा गर्न चौतर्फी आक्रमण गरेको अवस्थामा हामीले दूरगामी महत्वका विषयलाई आत्मसाथ गरे अघि बढ्नुपर्ने अवस्था छ उहाँले भन्नु भयो । नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा नेकपा एमालेका पोलिटव्युरो सदस्य एंव दोलखा ईञ्चाज पार्वत गुरुङले संविधान कुनै हिसाबले खारेज गर्न सकियो भने देखि आफ्नो स्वार्थ पूरा गर्न सकिन्थ्यो, नागरिक सर्वोच्चता खारेज गर्न सकिन्थ्यो, जनतामा निहीत सार्वभौमसत्ता हटाएर आफू र आफ्नो स्वार्थमा प्रयोग गर्न सकिन्थ्यो भन्ने तत्वहरू दृश्य अदृश्य रुपमा यसको विरुद्धमा लागेको बताउनुभएको छ । बैठकलाई सम्वोधन गर्नुहुदैँ नेकपा एमालेका पोलिटव्युरो सदस्य आन्नद प्रसाद पोखरेले फेरि मजबुद हुँदै, संगठित हुँदै, पुनर्गठित हुँदै, एकताबद्ध हुँदै त्यसबाट शाहस बटुलेर अब एमाले निर्माणमा पार्टीका सबै पक्ष मिलेर जानु पर्ने बताउनुभयो ।बैठकले जेनजी युवाहरूको आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुख व्यक्त गदै आन्दोलनका क्रममा दुःखद निधन हुनुभएका सबै प्रति हार्दिक श्रद्धाञ्जली अर्पण र शोकसन्तप्त परिवारजन प्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्य उपचारको प्रबन्ध गर्न नेपाल सरकार समक्ष माग गरिएको छ ।