Tuesday, April 21, 2026

दोलखाको भीमेश्वर र तामाकोशीमा आजबाट भर्ना अभियान सुरु


अगेनो न्यूज,बैशाख ७- दोलखाको भीमेश्वर नगरपालिका भित्रका निजी विद्यालयहरुमा आजदेखि भर्ना अभियान सुरु हुने भएको छ । भीमेश्वर नगरपालिका भित्र सञ्चालित निजि विद्यालयका प्रतिनिधिहरुबीच भएको छलफलले बैशाख ७ अर्थात आजबाट भर्ना अभियान सुरु गर्ने निर्णय गरेको निजी विद्यालयहरुले जारी गरेको संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ । निजि विद्यालयहरुमा बैशाख १४ देखि नियमित पठन–पाठन सञ्चालन गर्ने सहमति भएको निजी विद्यालयले जनाएका छन् ।  अभिभावकको सुझाव र विद्यार्थीहरुको शैक्षिक क्रियाकलापलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको निजी विद्यालय सञ्चालकहरुले जारी गरिएको  वक्तव्यमा भनिएको छ । छलफलमा नगरपालिका भित्र सञ्चालित विभिन्न ११ वटा विद्यालयका प्रतिनिधि सहभागीता रहेको थियो । यसअघि जिल्लाको तामाकोशी गाउँपालिकाले पनि सूचना जारी नै गरेर पालिकाभित्रका विद्यालयहरुलाई बैशाख ७ गतेबाट भर्ना अभियान र १४ गतेबाट पठनपाठन सुरु गर्न निर्देशन दिईसकेको थियो ।

Super Admin

agenonews

Please Login to comment in the post!

you may also like