Saturday, August 1, 2026

दोलखाको बैतेश्वरमा आगलागीबाट एक घर पुर्णरुपमा जलेर नष्ट


अगेनो न्यूज,असार २१- दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्वर ८ क्षेत्रपाको गैराघरमा आगलागीबाट एक घर र त्यसभित्र रहेका सम्पूर्ण धनसम्पत्ति जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार आगलागी स्थानीय ६३ वर्षीय गोपाल श्रेष्ठको घरमा भएको हो । आगलागीबाट घरभित्र रहेका सुनचाँदीका गहना,नगद, अन्नपात, लत्ताकपडा तथा अन्य सम्पूर्ण सामग्री पूर्ण रूपमा जलेर नष्ट भएका छन्घर नजिकै रहेको गोठमा समेत सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक सन्तोषकुमार खड्काले जानकारी दिनुभयो । आगलागीको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like