- by agenonews
- Jun 19, 2025
अगेनो सम्वादाता ः कात्तिक २- सरकारले अगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचन घोषणा गरेपछि दोलखामा नयाँ मतदाता नामावलीमा नाम समावेश गराउन उत्साहित देखिएका छन् । निर्वाचन आयोगको असोज ९ गतेको निर्णयअनुसार आगामी ३० कात्तिकसम्म दर्ता गर्न सकिने भएपछि दोलखामा नयाँ मतदाता नामावलीमा नाम दर्ता गराउने निर्वाचन कार्यालयमा प्रत्येक दिन भिड लाग्ने गरेको पाईएको छ । दोलखामा आयोगको निर्णय पछि गत असोज मसान्त अर्थात २१ दिनमा सम्म ३ सय ७ जनाले नयाँ मतदाता नामावलीमा नाम समावेश गरेको निर्वाचन कार्यालय दोलखाका सुचना अधिकारी विशाल केसीले जानकारी दिनुभयो । उहाँका अनुसार यो अवधिमा जिल्लाको भीमेश्वर नगरपालिकामा ८१ जना,जिरी नगरपालिकामा २३ जना, कालिञ्चोक गाउँपालिकामा २८ जना, गौरीशंकरमा १९ जना,तामाकोशीमा २९ जना, शैलुङमा ३८ जना,मेलुङमा ३१ जना, विगुमा १६ जना र वैतेश्वर गाउँपालिकामा ३४ जना र बाह्य जिल्लाका ८ जना गरि ३ सय ७ जनाले नयाँ मतदाता नामावलीमा नाम समावेश गरिसक्नु भएको छ । जिल्लामा युवासँग अन्य नागरिकहरु पनि नामावलीमा नाम समावेश गर्नका आउने गर्नुभएको निर्वाचन कार्यालय दोलखाले जनाएको छ ।