Thursday, November 6, 2025

दोलखाको जिरीमा भालुको आक्रमणबाट दुई जना घाईते, थप उपचरका लागि काठमाण्डौँ लगियो


अगेनो सम्वादाता ः कात्तिक  २-दोलखाको जिरी नगरपालिका वडा नम्वर ८ मा आज भालुको आक्रमणबाट दुईजना घाईते हुनुभएको छ । जिल्लाको जिरी नगरपालिका वडा नम्वर ८ निङालेमा  भालुको आक्रमणबाट दुई जना घाईते हुनुभएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक श्रीराम तिमल्सीनाले जानकारी दिनुभयो ।उहाँका अनुसार भालुको आक्रमबाट निङालेका ६५ वर्षीय ईन्द्र बहादुर विश्वकर्मा र उहाँकी श्रीमती ६५ वर्षियनै अनिता विश्वाकर्मा घाईते हुनुभएको हो । जिरीको बजारबाट सामान किनमेल गरी घर फर्किने क्रममा अचानक जंगली जनवार भालुले आक्रमण गदाँ उहाँहरु घाईते हुनुभएको हो । घाईते दुवै जनाको जिरी अस्पतालमा सामान्य उपचारपछि थप काठमाडौँ रिफर गरिएको प्रहरीले जनाएको छ । घाईतेको टाउ, अनुहार र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

Super Admin

agenonews

Please Login to comment in the post!

you may also like