- by agenonews
- Jun 19, 2025
अगेनो सम्वादाता ःअसोज ३- दोलखाको जिरी नगरपालिकामा आज भालुको आक्रमणबाट एकजना घाईते हुनुभएको छ । जिल्लाको जिरी नगरपालिका वडा नम्वर ८ निगालेका ३८ वर्षिय दिलिप लामा जंगली जनावर भालुको आक्रमणबाट घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल्सीनाले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउसो घरबाट करिब ८ सय मिटर टाढा रहेको भालुखोप जंगलमा घाँस काट्ने क्रममा अचानक जंगली जनावर भालुले आक्रमण गदाँ लामा घाईते हुनुभएको हो । घाइते लामाको स्थानीय दाहाल मेडिकल मैनापोखरीमा सामान्य उपचार पश्चात थप उपचारका लागि काठमाण्डौ रिफर गरिएको छ । घाईते लामाको दायाँ हातको चोरी औला भाँचिएको छभने पाखुरा,कुइना, टाउकोमा चोट लागेकोे छ ।