- by agenonews
- Jul 23, 2025
अगेनो सम्वादाता ः असोज ४- जिल्ला पशु सेवा कार्यालय दोलखाले संविधान दिवसको अवसरमा आज निःशुल्क मोही वितरण गरेको छ । संविधान दिवस २०८२को अवसरमा दोलखाको सदरमुकाम चरिकोटमा आयोजना गरिएकोे कार्यक्रममा सहभागीहरुलाई कार्यालयले निःशुल्क मोही वितरण गरेको हो । पशु सेवा कार्यालय दोलखाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार पशुजन्य पदार्थ उपभोग प्रवद्र्धन कार्यक्रम अन्तर्गत संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा सहभागीहरूलाई निःशुल्क मोही वितरण गरिएको पशु सेवा कार्यालय दोलखाका सुचना अधिकारी प्रकाश थापाले जानकारी दिनुभयोे । उहाँका अनुसार कार्यालयले पशुजन्य पदार्थ उपभोग प्रवद्र्धन गर्ने उद्धेश्यले सार्वजनीक कार्यक्रहरुमा निःशुल्क रुपमा मोही वितरण गर्ने गरेको छ ।