Friday, April 17, 2026

दोलखाको जिरीमा प्रथम बागमती पर्या–साहित्य महोत्सव हुने


अगेनो न्यूज,चैत २५- दोलखाको जिरी नगरनालिकामा प्रथम बागमती पर्या–साहित्य महोत्सव आयोजना हुने भएको छ । “प्रकृति,साहित्य र दिगो भविष्य ”भन्ने मूल नारा सहित दोलखाको पर्यटकीय नगरी जिरीमा प्रथम बागमती पर्या–साहित्य महोत्सव यहि चैत २७ देखी २९ गतेसम्म सञ्चालन हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । वातावरण र साहित्य बीचको सम्बन्धलाई अझ सशक्त बनाउने उद्देश्यले बाग्मती प्रदेश वन तथा वातावरण मन्त्रालय र जिरी नगरपालिकाको संयुक्त आयोजनामा महोत्सव गर्न लागिएको जिरी नगरपालिकाका प्रमुख मित्र जिरेलले जानकारी दिनुभयो ।“नेपालको स्वीजरल्यान्ड“का रूपमा परिचित जिरीमा हुने महोत्सवमा बागमती प्रदेशका १३ वटा जिल्लाबाट साहित्यकार,वनकर्मी, पत्रकार, अनुसन्धानकर्ता, शिक्षक,विद्यार्थी,सामुदायिक वन उपभोक्ता तथा पर्यटकहरूको सहभागिता हुने प्रमुख जिरेलले बताउनुभयो । महोत्सवको उद्घाटन बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरतबहादुर केसीले गर्नुहुने छ ।  महोत्सवमा करिब ४०वटा पर्या–कविता वाचन गरिनेछ भने १० भन्दा बढी गजलहरू प्रस्तुतीसहित गजल साँझको आयोजना हुने छ । महोत्सवमा करिब २५ लाख रुपैयाँ  लाग्ने अनुमान गरिएकोेमा बाग्मती प्रदेश वन मन्त्रालयले १० लाख ५० हजार र जिरी नगरपालिकाले ५ लाख रुपैयॉ गरि १५ लाख ५० हजार रुपैयाँ प्राप्त हुने डिभिजन वन कार्यालय दोलखाका प्रमुख एवं महोत्सव आयोजक समितिका सदस्य सचिव अनिलकुमार रेग्मीले जनाकारी दिनुभयो।

Super Admin

agenonews

Please Login to comment in the post!

you may also like