- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज,चैत २६- दोलखाको विगु गाउँपालिकाबाट वन्यजन्तु र चराचुरुङ्गीको ओखेटो पहार सहित एक जना पक्राउ पर्नुभएको छ । मृत अवस्थाका वन्यजन्तु तथा चराको अङ्गहरू लुकाइछिपाई राखेको अवस्थामा प्रहरी र संरक्षण क्षेत्रको टोलीले जिल्लाको विगु गाउँपालिका वडा नम्वर ४लादुकका ६० वर्षीय अमृत बहादुर तामाङलाई नियन्त्रणमा लिएको हो । विगुको लादुकका अमृत बहादुर तामाङको घरमा वन्यजन्तुको ओखेटो पहार लुकाइछिपाई राखेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिंगटीबाट प्रहरी निरीक्षक विष्णुहरी फुँयालको कमाण्डमा ७ जना र गौरीशंकर संरक्षण क्षेत्रका ४ जना कर्मचारीको संयुक्त टोलीले तामाङको घरमा खानतलासी गर्दा शिकार गरी संकलन गरेर राखेको अवस्थामा विभिन्न वन्यजन्तुका अङ्गहरू फेला पारेको इलाका प्रहरी कार्यालय सिंगटी प्रहरी निरीक्षक विष्णुहरी फुँयालले जानकारी दिनुभयो । पक्राउ पर्नुभएको तमाङ र बरामद गरिएका सबै आखेटोपहारलाई आवश्यक कानूनी कारबाहीका लागि गौरीशंकर संरक्षण क्षेत्र आयोजना सिंगटीमा बुझाइएको छ ।