Thursday, November 6, 2025

दोलखाको लप्चीमा अलपत्र परेका विदेशी नागरिकको उद्धार



अगेनो सम्वादाता ः असोज २३- दोलखाको विगु गाउँपालिका वडा नम्वर १ लप्चीको देउरालीमा भीषण पहिरो जादाँ  लप्चीमा अलपत्र पर्नुभएका ४ जना पर्यटकलाई नासा हाइड्रोपावरमाबाट आज उद्धार गरिएको छ । जिल्लाको विगु गाउँपालिका वडा नम्वर १ लामाबगरबाट ५ किलो मिटर टाढा रहेको देउरालीमा सुख्खा पहिरो जादाँ सडक अवरुद्ध भएसँगै लप्चीबाट ४ जना विदेशी नागरिक विगुको नै नासा हाइड्रोपावरमा पुग्नु भएको थियो । उहाँँहरुलाई आज नै काठमाण्डौँ पुग्नु भएका कारण नासा हाइड्रोपावरबाट उहाँहरुलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरिक्षक ज्ञानकुमार महतोले जानकारी दिनुभयो । उहाँका अनुसार रसिया र स्वीजरल्याण्डका गरी ४जना पर्यटकसा हाइड्रोपावरका कर्मचारी तथा सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको हो । उहाँहरु आजनै काठमाण्डौँ जानुभएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like