- by agenonews
- Jul 23, 2025
अगेनो सम्वादाता ः असोज २३- दोलखाको भिरकोटको जोगिटार टोल र कालिदहका दुई घर पहिरोको उच्च जोखीममा परेका छन । जिल्लाको तामाकोशीको गाउँपालिका वडा नम्वर १ भिरकोटको जोगिटार टोल र कालिदहका दुई घरका ११ परिवार पहिरोको उच्च जोखीममा पर्नुभएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल्सीनाले जानकारी दिनुभयो । उहाँँका अनुसार असोज १७ गते रातीदेखि परेको अविरल बर्षाको कारण जोगिटारका शारदा बस्नेत घर र हर्क बहादुर माझीको घर पहिरोको जोखीमका परेका हुन् । जोखीममा परेका दुबै घरका नागरिकहरु सुरक्षित स्थानमा स्तान्तरण गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी भिरकोटमा नै ५ जनाको ३३ रोपनी खेतीयोग्य जमिनमा क्षतिमा पुगेको छ ।