- by agenonews
- Jun 19, 2025
अगेनो सम्वादाता ः असोज २३- विषाक्त दाना खुवाएका कारण दोलखाको मेलुङ गाउँपालिका वडा नम्वर १ का पार्वती विश्वकर्माले पालेका बंगुरहरु मरेको पाईएको छ । जिल्लाको मेलुङ गाउँपालिका वडा नम्वर १ सिम्टेमा पार्वती कृषि तथा पशुपालन फर्ममा रहेका २२ वटा बंगुरहरु मध्ये ११ वटा बंगुरहरु मरेको थिए । बंगुरहरु मरेको जानकारी पाएपछि आफनो नेतृत्वमा फर्ममा गएको जिल्ला पशुसेवा कार्यालय दोलखाको प्राविधिक टोलीलले बंगुरको पोस्टमार्टम गरेर हेदाँ र कृषकका कुरा सुन्दा विषाक्त दाना खुवाएका कारण बंगुर मरेको जिल्ला पशुसेवा कार्यालय दोलखाका प्रमुख डाक्टर टेकराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार केहि दिन अघिदेखी मरेका कुखुरा सहित कुहिएका कुराहरु समेत मिसाएर दानाको रुपमा खुवाएका कारण बंगुरहरु मरेको पाईएको हो । कृषकको करिब १ लाख २० हजार रुपैयाँ बराबरको क्षति भएको छ भने विरामी भएका ११ वटा बंगुरहरुको निको भएको जिल्ला पशुसेवा कार्यालय दोलखाले जनाएको छ ।