Thursday, November 6, 2025

दोलखाका प्रजिअ दाहाल ५८ दिनमा सरुवा,दोलखामा महोत्तरीबाट रिसाल आउनुहुने


अगेनो न्यूज ःकार्तिक १०-दोलखाका प्रमुख जिल्ला अधिकारी भोला दाहाल जिल्लामा आउनु भएको दुई महिना नपुग्दै सरुवा हुनुभएको छ । गृह मन्त्रालयले २५ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित ३६ जना सहसचिवहरुको सरुवा गरेसँगै दोलखाका प्रमुख जिल्ला अधिकारी पनि पर्सामा सरुवा सुरुवा हुनुभएको हो । दाहाल गत भदौ १३ गते मात्रै दोलखाको प्रमुख जिल्ला अधिकारीको रुपमा हाजिर हुनुभएको थियो । दाहालको सरुवा भएसँगै दोलखाको प्रमुख जिल्ला अधिकारीको रुपमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल आउने हुने भएको छ ।

Super Admin

agenonews

Please Login to comment in the post!

you may also like