Thursday, November 6, 2025

दोलखामा ४४ हेक्टर बढि वनको जग्गा अतिक्रमण,संस्थागत रुपमा नै ४० हेक्टर वन कब्जा



अगेनो न्यूज ःकार्तिक ९– दोलखामा हाल ४४ दशमलव ८४ हेक्टर वनको जग्गा अतिक्रमण भएको पाईएको छ । जिल्लामा सामुदायिक वन कब्जा हुने क्रम नरोकिएको डिभिजन वन कार्यालय दोलखाले जनाएको छ । जिल्लामा निजी घर टहरा निर्माण,सरकारी कार्यालय भवन,बोडिङ स्कुलको भवन निर्माणका लागि समेत वन अतिक्रमण भएको  डिभिजन वन कार्यालय दोलखाका प्रमुख कृष्ण न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा वनले ओगटेको १० हजार ७ सय २१ हेक्टर क्षेत्र मध्ये हाल ४४ दशमलव ८४ हेक्टर वनको जग्गा अतिक्रमण भएको छ । प्रमुख न्यौपानेका अनुुसार जिल्लामा ३९ दशमलव २६ हेक्टर वनको जग्गा संस्थगत रुपमानै अतिक्रमण भएको छ भने ५ दशमलव ५८ हेक्टर वनको जग्गा निजी रुपमा अतिक्रमण गरिएको छ । जिल्लामा सबै भन्दा बढि सवडिभिजन वन कार्यालय शैलुङ अन्तरगत २१ दशमलव ५५ हेक्टर सामुदायिक वन अतिक्रमण भएको छ भने सबै भन्दा कम जिल्लाको हनुमन्ते सवडिभिजन वन कार्यालय अन्तरगत निजीगत रुपमा ०दशमलव ७ हेक्टर सामुदायिक वन अतिक्रमण भएको डिभिजन वन कार्यालय दोलखाले जनाएको छ । शैलुङ सवडिभिजन वन कार्यालय अन्तरगत निजीगत रुपमा ० दशमलव ८५ हेक्टर वन अतिक्रमण भएको छ भने संस्थागत रुपमा २० दशमलव ७ हेक्टर सामुदायिक वन अतिक्रमण भएको डिभिजन वन कार्यालय दोलखाको तथ्याङकमा उल्लेख गरिएको छ । त्यसैगरी जिल्लाको हनुमन्ते सवडिभिजन कार्यालय निजी क्षेत्रबाट मात्रै ० दशमलव ७ हेक्टर सामुदायिक वन अतिक्रमण भएको हो । जिल्लाको भीमेश्वर सवडिभिजन वन अन्तरगत निजी अतिक्रमण १ दशमलव ६७ हेक्टर र संस्थागतरुपमा १ दशमलव २६ हेक्टर गरी २ दशमलव ९३ सामुदायिकको जग्गा अतिक्रमण भएको छ । कालिञ्चोक सवडिभिजन अन्तरगत निजी अतिक्रमण १ दशमलव ७१ हेक्ट्रर र संस्थागत रुपमा १४ हेक्टर गरि १५ दशमलव ७१ सामुदायिकको जग्गा अतिक्रमण छ । जिल्लाको मेलुङ सवडिभिजन अन्तरगत निजी अतिक्रमण १दशमलव ६९हेक्टर र संस्थागत २ दशमलव ८९ हेक्टर गरी ४ दशमलव ५५ सामुदायिकको अतिक्रमण भएको हो । जिल्लाका सडक किनारमा जमिन अतिक्रमण घर टहरा निर्माण गरिएका छन् भने जिल्लाका कतिपय स्थानमा वस्तीनै बसी रहेको पाईएको छ ।अतिक्रमण भएका जग्गामा सार्वजनिक संरचना निर्माण,घरटहरा निर्माण,विद्यालय,क्लबका भवन निर्माण गरिएको छन ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like