Thursday, December 18, 2025

दोलखाको सिँगटी कृषि मेला तथा प्रदर्शनी हुने


अगेनो न्यूज ः पुस २- दोलखाको सिँगटी बजारमा यहि पुस १० गते एक दिने कृषि प्रर्दशनी मेला हुने भएको छ । जिल्लाको गौरीशंकर, विगु र कालिञ्चोक गाउँपालिकाको व्यावसायिक केन्द्र सिंगटी बजारमा यहि पुस १० गते एक दिने कृषि प्रर्दशनी मेला गर्न लागिएको उद्योग बाणिज्य संघ सिँगटी शाखाका अध्यक्ष उमेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँँका अनुसार दोलखा उद्योग बाणिज्य संघ सिंगटी शाखाको आयोजना र गौरीशंकर,विगु र कालिञ्चोक गाउँपालिकाको समन्वय र ग्रामिण विकास टुकी संघ दोलखा अन्तरगत सिविन नेपालद्धारा सञ्चालित ओसेलीप परियोजनाको आर्थिक सहयोगमा कृषि प्रर्दशनी गर्न लागिएको हो । मेलामा तीन वटा पालिकाका कृषक,कृषक समुह, कृषि सहकारीहरुले उत्पादन गरेका दुग्ध पदार्थका,फलफुल र तरकारी प्रर्दशनी गरिने उद्योग बाणिज्य संघ सिँगटी शाखा दोलखाले जनाएको छ । 


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like