- by agenonews
- Jun 19, 2025
अगेनो सम्वादाता ः असोज २२-दोलखाको मेलुङ गाउँपालिका वडा नम्वर १ पार्वती विश्वकर्माले पालेका १२ बंगुरहरु मरेका छन् । जिल्लाको मेलुङ गाउँपालिका वडा नम्वर १ सिम्टेमा पार्वती कृषि तथा पशुपालन फर्ममा रहेका २२ वटा बंगुरहरु मध्ये १२ वटा बंगुरहरु मरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । हिजो वेलुका फर्ममा रहेको बुंगुरहरुलाई पार्वतीले नै स्थानीय घास, धानको ढुटो,नुन,पिठो लगाएका मिश्रण गरिएको दाना खुवाउनु भएको थियो । आज बिहान हेदाँ फर्ममा रहेका बंगुरहरु मध्ये १२ वटा मरेको र १० वटा साना ठुला समेत बंगुरहरु बिरामी परेको पाईएको वडा नम्वर १ पवटीका कृषि प्रािवधिक टिका बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार फर्ममावडाको पशुप्राविधिक टोली र पशु सेवा कार्यालय दोलखाको प्राविधिक टोली गएको छ ।