Sunday, July 27, 2025

दोलखाको रायोको सागमा विषादीको मात्रा उच्च भेटियो


अगेनो सम्वादाता साउन ७-काठमाडौँ कालीमाटीको तरकारी बजारमा दोलखाबाट गएको रायोको सागमा विषादीको मात्रा उच्च भेटिएको छ ।दोलखाबाट ईश्वर भारतीले विक्रिका लागि लैजानु भएको रायोको सागमा अर्गानोफस्फेट नाम विषादी ८० प्रतिशत भन्दा बढी भेटिएको हो ।यो किरा मार्ने विषादी भएकोले ४५ प्रतिशतभन्दा माथि विषादी भेटिएमा पूर्ण रूपमा नष्ट गर्नु पर्ने हुन्छ । कालीमाटीस्थित विषादी अवशेष दूर्त विश्लेषण प्रयोगशाला एकाइले दैनिक रूपमा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा आएको तरकारी तथा फलफूलको नमुना परीक्षण गर्ने गरेको छ  ।

Super Admin

agenonews

Please Login to comment in the post!

you may also like