Sunday, July 27, 2025

विपद व्यवस्थापन कोष दोलखामा २ करोड बढि रकम, तर खर्च गर्न नपाईने


अगेनो -सम्वादाता - साउन -७ जिल्ला विपद व्यवस्थापन कोष दोलखामा २ करोड रुपैयाँ भन्दा बढि रकम रहेको  पाईएको छ। जिल्ला विपद व्यवस्थापन कोष दोलखामा २ करोड ३९ लाख ६३ हजार २ सय २३ रुपैयाँ रकम रहेक जिल्ला प्रशासन कार्यालय दोलखाको प्रशासन शाखाका हरिराम न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको विपद व्यवस्थापन कोषामा संघिय सरकारको २ करोड १५ लाख ३८ हजार ९ सय ७३ रुपैयाँ र प्रदेश सरकारको २४ लाख २४ हजार २ सय ५० रुपैया रहेको छ । जिल्लाको विपद व्यवस्थापन कोष रहेको रकम विपदमा परि मुत्यु भएका परिवारलाई मात्रै प्रदान गर्न  मिल्ने  जिल्ला विपद व्यवस्थाप समिति दोलखाले जनाएको छ । कार्यविधिमानै विपदमा परि मुत्यु भएका परिवारलाई राहत उपल्वध गराउन मात्र पाईने व्यवस्था गरिएको जिल्ला विपद व्यवस्थापन समिति दोलखाले जनाएको छ ।

Super Admin

agenonews

Please Login to comment in the post!