- by agenonews
- Jul 23, 2025
अगेनो न्यूज ःकार्तिक ९- दोलखाको शैलुङ गाउँपालिका वडा नम्वर ८ को माथिल्लो भेगका कृषकहरू बेमौसमी मर्कै तर्फ आकर्षित हुन थालेका छन् । कम जमिनमा मनग्य उत्पादन हुने थालेपछि शैलुङका कृषकहरू बेमौसमी मकै खेती तर्फ आकर्षित हुन थालेका हुन् । विगतका वर्षहरूमा आलु खने पछि बाँझो रहने बारीमा अहिले मकै फलिरहेका छन् । वर्षे सिजनमा मकै उत्पदान कम हुने शैलुङमा बेमौसमी मकै भने राम्रो उत्पादन हुने गरेको स्थानीय सीतामाया बस्नेतले बताउनुभयो । मंसिर महिना पाक्ने गरेको मकै भने कोसेलीको रुपमा आफन्ताहरुलाई दिने र आफुहरुले खाने बाहेक बजारमा लगेर विक्रि वितरण गर्ने नगरेको विमला बस्नेत बताउनुभयो । असारमा आलु खनेर छरेको मकै मंसिर महिना सम्म पाक्ने गरेको छ,। विगत चार पाँच वर्षबाट आलु खनेर बेमौसमी मर्कै छर्ने गरेको किसान कमल बहादुर बस्नेको भनाई रहेको छ । उहाँका अनुसार उक्त मकै राम्रो फल्ने गरेको छ । बेमौसमी मर्कै राम्रो उत्पादन गर्ने गरेका किसानहरुले मकैको विक्रि वितरण भन्ने गर्न सकेका छैन् । बेमौसमीमा उत्पादन भएको मकैलाई आम्दानी सँग जोडन् सकेको आलुबाट लाखौँ आम्दानी गर्दै आएका कृषकहरुले मकैबाट पनि राम्रो आम्दानी गर्न सक्ने निचिश्त छ । त्यसैले शैलुङका कृषकहरूको बारीमा उत्पादन हुने बेमौसमी मर्कैको विक्रि वितरणका लागि कृषक सँगै स्थानीय सरकारले पनि पहल गर्नु आवश्य छ ।