- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज,चैत २७- दोलखामा तोकिएकै समयमा सबै उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाउनु भएको छ । गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा उम्मेदवार बन्नुभएका ३३ जनाले तोकिएकै समयमा निर्वाचन खर्च विवरण बुझाउनु भएको निर्वाचन कार्यालय दोलखाले जनाएकोे छ ।
जिल्लामा राजनीतिक दलका १४ र स्वतन्त्र १९ जना गरि ३३ उम्मेदवार बन्नु भएको थियो ।