- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज,चैत १८- दोलखाको भीमेश्वर नगरपालिकामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएकोे छ । गएराती भीमेश्वर नगरपालिका वडा नम्वर ७ साखिनेमा भएको दुर्घटनामा परि भीमेश्वर नगरपालिका वडा नम्वर ८ बोचका ५५ वर्षीय श्याम बस्नेतको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त मोटरसाइकल र मृतकको शव सडक किनारमा रहेको बाँसको झाडीमा फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक कमल कुमार लुङगेलीले जानकारी दिनुभयो । घण्टनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।