- by agenonews
- Jun 19, 2025
अगेनो सम्वादाता ः असोज २४- जिल्ला दररेट निधारण समिति दोलखाले चालु आर्थिक वर्षका लागि जिल्लामा ज्यालाको निधारण गरेको छ । जिल्ला दररेट निधारण समिति दोलखाको गत असार २७ गते बसेको बैठकले जिल्लामा चालु आर्थिक वर्ष २०८२÷०८३ का लागि ज्याला निधारण गरिएको जिल्ला प्रशासन कार्यालय दोलखाका सुचना अधिकारी औलख बहादुर आलेले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा स्थानीय निर्माणका सामग्रीहरु, दुवानी दररेट,मेसिन तथा उपकरणको भाडा,ज्यामी र कामदारको ज्याला निधारण गरिएको हो । जिल्लामा डकर्मी,सिकर्मी,नकर्मीको ज्याला दैनिक १ हजार ३० रुपैयाँ तोकिएको छ भने प्लम्वरको १ हजार १ सय ५० रुपैयाँ, ब्लाष्टार, पेन्टर,पुलकर्मी,,खानी सम्वन्धी कामदारको १ हजार २ सय ५० रुपैयाँ, आरावाला १ हजार ९० रुपैयाँ, ईलेक्ट्रिसिय १ हजार ९० रुपैयाँ, चित्रकारको १ हजार २ सय ७० रुपैपाँ, धोवि, भरिया नाईके,चौकिदार,सेक्युरेटीगार्ड, रेखालु,कार्यालय सहयोगी,ज्यामी नाईके,अदक्ष कामदार,जुनीयर मेकानिक्सको दैनिक ९ सय रुपैयाँ ज्याला तोकिएको जिल्ला ज्याला निधारण समिति दोलखाले जनाएको छ । त्यस्तै स्टाफ म्यान, लोक गाईड,लाईन म्यानको दैनिक ९सय ५० रुपैयाँ,कार्यालय सहयोगगीको ९सय रुपैयाँ,ज्यामी कुल्ली,भरिया ९सय रुपैयाँ ज्याला तोकिएको हो ।