- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ः कार्तिक १७-जिल्ला विपद व्यवस्थापन समिति दोलखाले जिल्लाको तामाकोशी गाउँपालिकाका पहिरो पिडीतको बस्ती स्तन्तरणका लागि केन्द्र र प्रदेश सरकारलाई शिफारीस गरेको छ । जिल्लाको तामाकोशी गाउँपालिका वडा नम्वर १ र २का १३ घरधुरी उच्च जोखिममा परी तत्काल स्थानान्तरण गरी सुरक्षित स्थानमा पुनस्थापना गर्नुपर्ने भएकाले जिल्ला विपद व्यवस्थापन समिति दोलखाले केन्द्र र प्रदेश सरकारलाई शिफारीस गरेको जिल्ला विपवद वस्थापन समिति दोलखाले जनाएको छ । कात्तिक १२ गते बसेको जिल्ला विपद व्यवस्थापन समिति दोलखाको बैठकले तामाकोशी गाउँपालिकाका १३ तत्काल स्तान्तरण गर्नका लागि केन्द्र र प्रदेश सरकारलाई शिफारीस गर्ने निर्णय गरेको हो । गत असोज महिनाको परेको वर्षाका कारण तामाकोशीको भिरकोट र झुलेका १३ घरधुरी पहिरोको उच्च जोखिममा परेका हुन् । यसअघि पहिरो पिडीतहरुलाई गाउँपालिकाले पहिरोको उच्च जोखिममा परेका पिडीत परिवारलाई ५० हजार रुपैयाँ रकम दिने निर्णय गरेसकेको छ ।