- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ः पुस ३- दोलखाको भीमेश्वर नगरपालिका वडा नम्वर ६ भ्यू–टावर नजिक बाटोमा लडेर बेहोस हुनुभएको एक जनाको मुत्यु भएको छ । जिल्लाको गौरीशंकर गाउँपालिका वडा नम्वर ६ घर भई हाल भीमेश्वर नगरपालिका वडा नम्वर ६ भालुखोलामा बस्दै आउनु भएको ३९ वर्षीया सोनम शेर्पा हिजो साँझ करिब ४ बजे आफन्तको घरबाट फर्कने क्रममा एक्कासि ढली बेहोस हुनुभएको थियो । सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर उहाँलाई उपचारका लागि पशुपति चौलागाईं स्मृति अस्पताल ल्याईएको थियो । शेर्पाको उपचारको क्रममा मुत्यु भएको हो ।