- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ः माघ १०- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दोलखाका उम्मेद्वारहरुलाई चुनाव चिह्न प्रदान गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले नेकपा एमालेका पार्वत गुरुङलाई सुर्य,नेपाली कम्युनिष्ट पार्टीका विशाल खड्कालाई पाँचकुने तारा,नेपाली कांग्रेसका अजयबाबु शिवाकोटीलाई रुख,राष्ट्रिय स्वतन्त्र पार्टीका जगदिश खरेललाई घण्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवीणकुमार थोकरलाई हलो,उज्यालो नेपाल पार्टीका निमादोर्जी लामालाई बलि रहेको वत्तीको चिम चुनाव चिन्ह्र प्रदान गरेको छ । त्यसैगरीप्रगतीशील लोकतान्त्रिक पार्टीका कमल खत्रीलाई खुलेको एकल आँखा,मंगोल नेशनल अर्गनाईजेसन पार्टीका कुमार तमाङलाई कुखुराको भाले,जनता समाज पार्टीका गोपाल नेपालीलाई ढल्केको छाता,नेपाल कम्युनिष्ट पार्टी माओवादीका कुमार लामीछानेलाई गोलोभित्रको दुई पात भएको गुलाफको फुल,आमजनता पार्टीका शुक्र तमाङलाई मोवाईल,श्रमसंस्कृति पार्टीका हेप बहादुर थामीलाई अँचुलीमा रहेको माटो,नेपाल मजदुर किसान पार्टीका बिमला श्रेष्ठलाई मादल र राष्ट्रिय परिवर्तन पार्टीका सुर्दशन कार्कीलाई बाँसुरी चुनाव चिह्न प्रदान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका मुख्य निर्वाचन अधिकृत रामप्रसाद न्यौपानले जानकारी दिनुभयो । उहाँका अनुसार स्वतन्त्र उम्मेदवार कर्ण बहादुर फुयाँललाई,चेसको गोटी, पूर्ण बहादुर शिवाकोटलाई पानीको जार, पुष्कर कुमार अधिकारीलाई हेल्मेट प्रकाश दाहाललाई हजारी, भरत कुमार श्रेष्ठलाई पंखा,महेन्द्र खड्कालाई क्याल्कुलेटर, माधव कोईरालालाई केवलकार, रमिला सार्कीलाई क्याप, रामकाजी लामालाई जिप,रिम बहादुर ओलीलाई आँखिझ्याल, लुकदोर्जे शेर्पालाई पाण्डा,विनोद घिमिरेलाई ट्रफी संगीता श्रेष्ठलाई प्रेसर कुकर,सन्देश कोईरालालाई टायर, शर्मिला फुयाँललाई कैँची,सुदिप खड्कालाई पेट्रोल पम्प,सुमन थापालाई क्यामेरा,सुरेश उप्रेतीलाई झोला र हरिबोल बस्नेतलाई फर्सी चुनाव चिह्न प्रदान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ ।