- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ः माघ १२- दोलखामा नयाँ भन्दा प्रतिलिपी नागरिकता लिनेको सङख्या वढि हुने गरेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । जिल्लामा गत कात्तिक महिनादेखी गत पुस महिनासम्म तीन महिनाको अवधिमा नयाँ भन्दा प्रतिलिपी नागरिकता लिनेको सङख्या वढिभएको जिल्ला प्रशासन कार्यालय दोलखाका नायब सुब्बा हरिराम न्यौपानले जानकारी दिनुभयो । उहाँँका जिल्लामा नयाँ नागरिकता ९ सय २७ जनाले लिनुभएकोमा र प्रतिलिपी नागरिकता १हजार २ सय २७ जनाले लिनुभएको छ । नयाँ नागरिकता हराउनु,पुराना नागरिकता राष्ट्रिय परिचयपत्रका लागि स्क्रयान नहुनु लगाएका कारण जिल्लामा नयाँ भन्दा प्रतिलिपी नागरिकता लिनेको सङख्या बढि हुने गरेको हो ।