Friday, April 17, 2026

दोलखाको विकासका लागि समन्वय,सहकार्य जारी राख्ने एमाले दोलखाको निर्णय ( विस्तारित बैठकको निर्णय सहित )


दोलखाको विकास र समृद्धिका लागि राजनीतिक पार्टीहरूसँग समन्वय,सहकार्य जारी राख्ने नेकपा एमाले दोलखाको विस्तारित बैठकले निर्णय गरेको छ । नेकपा एमाले जिल्ला कमिटी दोलखाको आयोजनमा भएको  विस्तारित बैठकले दोलखाको विकास र जनजीविकाको सवालमा हामी जस्तोसुकै परिस्थितिको सामना गर्नु परे पनि प्रतिपक्षको भूमिकामै रहेर जिम्मेवारीपूर्वक योगदान गरिरहने निष्कर्ष रहेको निकालेको नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठले बताउनुभयो ।



बैठकको निर्णय सार्वजनीक गर्नका लागि पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा निर्वाचनमा भएका असफलताबाट गम्भीर शिक्षा लिदै निर्मम समीक्षा गर्दै दोलखाली जनताले नेकपा एमालेलाई अस्वीकार गरेको नभई अझ जिम्मेवारीपूर्वक जनताको घरदैलोमा निम्ता गरी पुनःजनविश्वास प्राप्त गर्न अवसर दिइएको विस्तारित वैठकले निष्कर्ष निकालेको पार्टीले अध्यक्ष श्रेष्ठले बताउनुभयो ।


निर्वाचनको क्रममा तामाकोसी गाउँपालिका अन्तरगत गोल्मेश्वर मावि मालु मतदान केन्द्रमा भएको मतपत्र लुट्ने,एमालेका एजेन्टमाथि कुटपिट गर्ने र बुथ कब्जा गरेर निर्वाचन विथोल्न खोज्ने अपराधीलाई कार्वाही गर्ने माग गर्ने वैठकले निर्णय समेत गरेको छ । निर्वाचनमा भएका असफलताबाट गम्भीर शिक्षा लिदै निर्मम समीक्षा गर्दै दोलखाली जनताले नेकपा एमालेलाई अस्वीकार गरेको नभई अझ जिम्मेवारीपूर्वक जनताको घरदैलोमा निम्ता गरी पुनःजनविश्वास प्राप्त गर्न अवसर दिइएको विस्तारित वैठकले निष्कर्ष निकाले पत्रकार सम्मेलनमा जानकारी राईएको थियो ।जनमतलाई आफुहरूले स्वीकार गरेको भन्दै उनले ‘लोकप्रियतावाद‘ र ‘डिजिटलप्लेट फर्म’ लाई कम आँक्नु आफुहरूको कमजोरी भएको समेत गुरुङले बताउनुभयो ।



Super Admin

agenonews

Please Login to comment in the post!

you may also like