Friday, April 17, 2026

वनका भौतिक संरचनाहरु भत्काएको र तोडफोड गरेको सुचना दिनेलाई पुरस्कार


अगेनो न्यूज,चैत ८- खोरथली सामुदायीक वन उपभोक्ता समिति चरिकोटले वनमा प्रवेश गरि चोरी निकासी सहित भौतिक संरचनाहरु भत्काउने,तोडफोड गर्नेलाई कारबाहि गर्ने चेतावनी दिएको छ । वन भित्र उपभोक्ता तथा गैर उपभोक्ताहरुलाई काम विना प्रवेश गर्न पुर्ण रुपमा रोक लगाईएको खोरथली सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष एवं प्रवक्ता श्याम गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार पुर्ण रुपमा रोक लगाईएको भएपनि उपभोक्ता तथा गैर उपभोक्ताहरु वनमा प्रवेश गरि चोरी निकासी लगायत भौतिक संरचनाहरु भत्काउने,तोडफोड गर्ने गरेको जानकारी आएकोले अनधिकृत रुपमा वनमा प्रवेश गरि विधानले निशेध गरेको कार्य गरेको पाइएमा बन ऐन र समूहको विधान बमोजिम कारबाही गरिने छ । अपराधको प्रमाण सहित सुचना दिने सुचकलाई असुल गरिएको जरिवाना रकमको २५ प्रतिशत रकम पुरस्कार स्वरुप प्रदान गरिने खोरथली सामुदायीक वन उपभोक्ता समिति चरिकोटले जनाएको छ ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like