- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज,चैत १९- दोलखामा आगामी बैशाख २ गते देखी असार ७ गते सम्म आर्थिक गणना हुने भएको छ । जिल्लाका ९ वटा नै पालिका अन्तरगतका सबै वडाहरूमा आर्थिक गणना गरिने जिल्ला आर्थिक गणनाको कार्यालय दोलखाले जनाएको छ । अर्थतन्त्र,मापनको लागि आर्थिक गणना भन्ने नारा सहित आर्थिक गणनाका लागि जिल्लामा ३३ जना गणक र ५ जना सुपरिवेक्षक खटिनु हुने जिल्ला आर्थिक गणना कार्यालय दोलखाका आर्थिक गणना अधिकृत पवन मिजारले जानकारी दिनुभयो । राष्ट्रिय आर्थिक गणना २०८२ सम्वनधी जिल्ला स्तरीय गोष्ठीको आयोजना गरिएको छ । दोलखाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमीरेको अध्यक्षतामा भएकोे कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख वर्जुराम घतानी, भीमेश्वर नगरपालिकाका उपमेयर कमला बस्नेत,राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका उपसभापति कुष्ण खड्का, चेम्बर अफ कमर्स दोलखाका अध्यक्ष रुद्रजंग बुढाथोकी,भीमेश्वर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुबेदी र नेपाल पत्रकार महासंघ संघ दोलखाका सचिव सुर्जन काफले लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो। जिल्लाभर रहेका आर्थिक गतिविधिसँग सम्बन्धित सम्पूर्ण एकाइ—प्रतिष्ठान तथा व्यवसायको विस्तृत विवरण संकलन गरिनेछ।णनाका क्रममा व्यवसायहरूको ठेगाना, दर्ता तथा स्वामित्व स्थिति,सञ्चालन अवधि, प्रमुख आर्थिक क्रियाकलाप, रोजगारीको अवस्था, व्यवसायको प्रकार,लगानी, ऋणमा पहुँच, बीमा लगायतका विषय समेटिने छन् । ढुङ्गा, बालुवा तथा खनिज उत्खनन,लघु तथा ठूला उद्योग, निर्माण,विद्युत् उत्पादन तथा वितरण,खानेपानी तथा सिँचाइ, फोहोर व्यवस्थापन, होटल तथा लज, यातायात, सूचना तथा सञ्चार, थोक तथा खुद्रा व्यापार, बैंक तथा वित्तीय संस्था, घरजग्गा कारोबार, शैक्षिक तथा स्वास्थ्य संस्था गरी १८ प्रकारका आर्थिक क्रियाकलाप समेटिने बताइएको छ।