Friday, April 17, 2026

दोलखामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन्,ओसार पसार गर्ने सवारीका साधनलाई कारबाहि


अगेनो न्यूज,चैत ९- दोलखाको तामाकोशी नदीमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् र ओसार पसार गर्ने सवारीका साधनलाई कारबाहि गरिएको छ । फागुन २९ गते राति ८ बजेको समयमा दुई वटा स्काभेटरले तामाकोशी नदीमा अवैध रुपमा नदीजन्य पदार्थहरु गिट्टी,वालुवा उत्खनन् गरिरहेको अवस्थामा फेला पारी आवश्यक कारवाहीका लागि जिल्ला समन्वय समितिमा पठाईएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक कमल कुमार लुंगेलीले जानकारी दिएका दिनुभयो । उहाँँका अनुसार दुई वटै स्काभेटरलाई प्रति सवारी १ लाखका दरले जरिवाना गरिएको छ । त्यसैगरी गत शनिबार किरातीछापबाट नदीजन्य पदार्थ ढुुवानी गरिरहेको एउटा टिपरलाई पनि नियन्त्रणमा लिई कारवाही गरिएको छ । बालुवा लोड गरि पानी चुहाउँदै चरिकोटतर्फ आईरहेको बा ४ख ६८७८ नम्वरको टिपरलाई भीमेश्वर नगरपालिका ५ स्थित किरातीछापबाट नियन्त्रणमा लिईएको थियो । उक्त टिपरलाई जिल्ला समन्वय समिति दोलखाबाट ५हजार जरिवाना गराईएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।



Super Admin

agenonews

Please Login to comment in the post!

you may also like