Monday, September 22, 2025

दुर्घटनामा परी गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापति सहित दुई जनाको मृत्यु


अगेनो न्यूज ःभदौ ११- दोलखामा मोटरसाइकल दुर्घटना हुँदा गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापति सहित दुई जनाको मृत्यु भएको छ । गएराति जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्वर ६ स्थित रमितेडाँडामा मोटरसाइकल दुर्घटना हुँदा भीमेश्वर नगरपालिका वडा नम्वर ५ का २४ वर्षिय गौरीशंकर बहुमुखी क्याम्पसका स्ववियु सभापति सिरिस बस्नेत सहित दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक श्रीराम तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा परि बस्नेत सहित जिल्लाको बैतेश्वर गाउँपालिका वडा नम्वर ३ का सुजन भनिने श्याम खत्र्रीको पनि मुत्यु भएको छ । गएराती करिब ९ बजे दुर्घटनामा गम्भीर घाईते भएको उहाँहरुलाई उपचारका लागि च्छोरोल्पा अस्पताल चरिकोटमा ल्याईएको थियो भने चिकित्सकले दुबै जनालाई मृत घोषणा गर्नुभएको हो । बा ५३ प ८८९९ नम्बरको मोटरसाइकल र बा.प्र.०२–०३४ प ३२४२ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।

Super Admin

agenonews

Please Login to comment in the post!

you may also like