Monday, September 22, 2025

दोलखामा पाँच दिनपछि चल्न थाले सार्वजनिक सवारी साधन


अगेनो सम्वादाता ः भदौ  २९- दोलखामा आज बिहान देखीनै सार्वजनीक सवारीका साधान चलेको पाईएको छ । जिल्लामा बिहान देखी नै लामा तथा छोटा दुरीका सार्वजनीक सवारीका साधानहरु चलेको पाईएको हो । पुर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीमा बन्नु भएसँगै राजनीतिक अन्योल हटेपछि जिल्लामा पनि पाँच दिनपछि पुर्णरुपमा सार्वजनीक सवारीका साधानहरु चलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख ठाकुरप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार बिहानबाटनै जिल्लाको सदरमुकाम चरिकोटबाट काठमाण्डौ सहित खुरर्कोटका लागि सार्वजनीक बसहरु छुटेका छन् भने जिल्लाका लागि काठमाण्डौँबाट सवारीका साधानहरु छुटेको पाईएको छ । दोलखाको जनजीवन बिस्तारै सामान्य हुन थालेको छ भने सुनसान जस्तै बनेको सदरमुकाम चरिकोटमा पनि चहलपहल बढन थालेको छ ।







Super Admin

agenonews

Please Login to comment in the post!

you may also like