- by agenonews
- Jun 19, 2025
अगेनो म्वादाता ः भदौ २२- दोलखामा ११ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । जिल्लामा गत साउन महिना देखी गत शुक्रबार सम्म ११ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाका योगीता खनालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा यस वर्ष हालसम्म सबै भन्दा बढि महिला ७ जना र पुरुष ४जना पुरुषमा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । डेङ्गी सङ्क्रमण पुष्टि भएका कुनै पनि बिरामी अस्पतालमा भर्ना भएर उपचार गराई नरहनु भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । कार्यालका अनुसार डेङ्गुीको प्रकोप दोलखामा पनि उच्च रहेको छ । डेङ्गीबाट बच्न लामखुट्टको टोकाइबाट बच्नु सबै भन्दा उत्तम उपाय भएको स्वास्थ्य कर्मीहरुको भनाई रहेको छ ।