- by agenonews
- Jul 23, 2025
अगेनो म्वादाता ः भदौ २३- दोलखाको गौरीशंकर गाउँपालिकामा २ हजार ५ सय २३ जना बेरोजगार व्यक्ती १ सय दिनको रोजगारीका लागि सृचिकृत हुनुभएको छ । जिल्लाको गौरीशंकर गाउँपालिकामा चालु आर्थिक वर्ष २०८२÷०८३ मा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १ हजार ४५ जना महिला र १ हजार ४ सय ७६ जना पुरुष गरि २ हजार ५ सय २३ जना वेरोजगार व्यक्ती १ सय दिनको रोजगारीका लागि सृचिकृत हुनुभएको भएको रोजगार संयोजक जगदिश खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सृचिकृत हुनु भएका वेरोजगार मध्ये प्रथामिकताको आधारमा ८३ जना स्थानीयले सडम निर्माण, मर्मत,गोरेटो बाटो, कुलो मर्मत लगायतका क्षेत्रमा १ सय दिनको रोजगारी पाउने छन्। उहाँहरुले दैनिक जिल्लाको ज्यालादरका आधारमा दैनिक ८ सय ८ रुपैयाँ दरले ज्याला पाउने खड्काले जानकारी दिनुभयो । पालिकामा रोजगारका लागि प्राप्त रकमले ८३ जनालाई मात्रै रोगजार दिन पुग्ने पालिकाले जनाएको । सृचिकृत हुनुभएको तर यस वर्ष रोजगारी नपाउनेले फेरी आगामी आर्थिक वर्षका लागि सृचिकृत हुनुपर्ने छ ।पालिकामा चालु आर्थिक वर्ष संघिय सरकारबाट ३३ लाख रुपैयाँ र पालिकाकाले ३४ लाख रुपैयाँ रोजगारका लागि रकम विनियोजन गरिएको छ । पालिकामा गत आर्थिक वर्ष १ सय २० जनाले रोजगारी पाएका थिए ।