- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज,असार ९- दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ६ भूतपोखरी नजिक चरिकोट कालिञ्चोक सडक खण्डमा आज दिउँसो कार दुर्घटना हुँदा ६जना घाईते हुनुभएको छ । जिल्लाको कालिञ्चोक मन्दिरमा दर्शन गरेर फर्किँदै गरेका यात्रुहरु सवार रहेको बा १५ च १४९२ नम्बरको कार अचानक ब्रेक फेल भएर अनियन्त्रित भई सडकबाट करिब १३ मिटर तल खसेर दुर्घटना हुदाँ ६जना घाईते हुनुभएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । दुर्घटनामा कार चालक काठमाडौंको शंखरापुर नगरपालिका वडा नम्वर ३ २९ वर्षीय निरज तामाङ सहित शंखरापुर नगरपालिका वडा नम्वर २ का ६८ वर्षीय सतन नागर्जु, ५५ वर्षीया राधी नागर्जु,२२ वर्षीया अनिता नागर्जु, १२ वर्षीय सुजन नागर्जु, ८वर्षीय सुजित नागर्जु र २२ वर्षीया सुनिता तामाङ घाइते हुनुभएको छ । घाइतेहरुको चरिकोटस्थित च्छोरोल्पा जनरल अस्पतालमा उपचार भईरहेको छ भने दुर्घटनाग्रस्त कार र चालकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दोलखाको नियन्त्रणमा लिएको छ ।