Wednesday, March 18, 2026

दोलखामा कुन दलले समानुपातिकमा कति मत पाए ? (मत सहित )


अगेनो न्यूज,फागुन २६-दोलखामा समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ । जिल्लामा  समानुपातिक तर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले सबै भन्दा बढि ३५ हजार ८ सय ८३ मत प्राप्त गरेको छ भने सबै भन्दा कम नेपाल संदभावन पार्टीले ८ मत प्राप्त गरेको निर्वाचन कार्यालय दोलखाले जनाएको छ । जिल्लामा समानुपातिक तर्फ नेपाली काङग्रेसले ११ हजार ५ सय ५५,नेकपा एमालले १५ हजार ८ सय ८२,नेपाली कम्युनिष्ट पार्टीले १० हजार २ सय ७८,राप्ररापाले १ हजार ४ सय ९८,जनता समाजवादी पार्टीले ८१,जनमत पार्टीले ३सय ३८,नेपाल मजदुर किसान पार्टीले ५४,राष्ट्रिय जनमोचाले २३,प्रगतिशील लोकतान्त्रिक पार्टीले ८२,नेपाल लोकतान्त्रिक पार्टीले २४,मंगोल नेशनल अर्गानाईनेशन पार्टीले ८४,बहुजन पार्टीले १६ र नेपाल जनता संरक्षण पार्टीले २ सय ५१ मत प्राप्त गरेका छन् । जिल्लामा समानुपातिक तर्फ ८४ हजार ८सय ८१ मत खसेको थियो ।



Super Admin

agenonews

Please Login to comment in the post!

you may also like