- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज,फागुन २७- गत बिहीवार सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा दोलखामा उम्मेदवारी दिनुभएको मध्ये २१ जना उम्मेदवारले एक सय मत पनि कटाउन नसकेको निर्वाचन कार्यालय दोलखाले जनाएको छ । जिल्लामा प्रतिनीधी सभाको निर्वाचनका लागि उम्मेदवारी दिनुभएको ३३ जना मध्ये ४ वटा राजनितिक दल र १७ जना स्वतन्त्र उम्मेदवारहरुले एक सय मत पनि नकटाएको निर्वाचन कार्यालय दोलखाले जनाएको छ । जिल्लामा प्रगतिशील लोकतान्त्रिक पार्टीका गोपाल नेपालीले,६४ मत प्राप्त गर्नुभएको छ भने नेपाल मजदुर किसान पार्टीका विमला श्रेष्ठले ४०,प्रगतिशील लोकतान्त्रिक पार्टीका कमल खत्रीले ६० र आम जनता पार्टीका सुक्र तमाङ्गले २४ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालय दोलखाका सुचना अधिकारी विशाल केसीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा स्वतन्त्र उम्मेदवार प्रकाश दहाल र संगीता श्रेष्ठले १२÷१२ मत प्राप्त गर्नुभएको छ भने सुदिप खड्काले १०,सन्देश कोइरालाले २०, हरिबोल बस्नेतले १५,सुरेश उप्रेतीले १४,सर्मीला फुयालले १३,माधव कोईरालाले ३३,पुर्ण बहादुर शिवाकोटीले ३० मत प्राप्त गर्नुभएको छ । त्यसैगरी स्वतन्त्र उम्मेदवार सुमन थापा,लुकदोर्जे शेर्पा,रिम बहादुर ओलीले ५÷५मत प्राप्त गर्नुभएको छ भने भरत कुमार श्रेष्ठ र रामकाजी लामाले ७÷७ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालय दोलखाले जनाएको छ ।स्वतन्त्रहरु उम्मेदवारहरु महेन्द्र खड्का र पुस्कर कुमार अधिकारीले ८÷८ र रमिला सार्कीले ९ मत प्राप्त गर्नुभएको छ ।