- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज,बैशाख २८- दोलखाको वैतेश्वर गाउँपालिकामा सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।सर्पको टोकाईबाट बैतेश्वर गाउँपालिका वडा नम्वर ७ मार्वुकी ३५ वर्षीया कल्पना तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक श्रीराम तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसो दाउरा लिन जंगलमा गएका बेला तमाङलाई सर्पले टोकेको थियो । सर्पले टोकेर घाईते हुनुभएको तमाङको वैतेश्वर गाउँपालिका वडा नम्वर ६ बुस्ति स्थित लालिगुँरास सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।