- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ः माघ १८- अखिल नेपाल महिला संघ जिल्ला कमिटी दोलखाको विस्तारीत बैठक सम्पन्न भएको छ । बैठकले अनेमसंघ दोलखाका अध्यक्ष मेनुका सुवेदीको संयोजकत्वमा १ सय १५ सदस्यीय जिल्ला स्तरीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ भने अनेमसंघ स्थायी कमिटी सदस्य शारदा राणाको संयोजकत्वमा ९ सदस्यीय जिल्ला स्तरीय निर्वाचन अनुगमन तथा समन्वय कमिटी समेत गठन गरिएको अखिल नेपाल महिला संघ दोलखाले जनाएको छ । अखिल नेपाल महिला संघ जिल्ला कमिटी दोलखाका अध्यक्ष मेनुका सुवेदीको अध्यक्षतामा बसेको बैठकले पालिका स्तरीय बैठक तथा भेला माघ १९ गतेदेखि २७ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ भने वडास्तरीय बैठक तथा भेला माघ २० गतेदेखि फागुन ४ गतेसम्म सम्पन्न गरिसक्ने निर्णय गरेको छ । त्यसैगरी पालिका स्तरीय अगुवा कार्यकर्ता भेलाहरू माघ २२ गतेदेखि फागुन ४ गतेसम्म गर्ने निर्णय भएको अखिल नेपाल महिला संघ जिल्ला कमिटी दोलखाले जनाएको छ ।