Sunday, February 1, 2026

दोलखामा सुरक्षित र भयहित रुपमा निर्वाचन गराउन प्रतिबद्ध छौँ ः प्रहरी प्रमुख लामा


अगेनो न्यूज ः माघ १६- दोलखामा आगामी फागुन महिनाको २१ गते हुने निर्वाचनलाई सुरक्षित र भयहित रुपमा सम्पन्न गराउन आफूहरु प्रतिबद्ध रहेको दोलखाका प्रहरी नायव उपरिक्षक मनोजकुमार लामाले बताउनुभयो । भरखरै सरुवा भएर दोलखा आउनुभएको प्रहरी नायव उपरिक्षक लामाले आज दोलखाका पत्रकारहरुसँगको भेटघाटन कार्यक्रममा बोन्नुहुदैँ  सुरक्षित रुपमा निर्वाचन सम्पन्न गर्नु सबैको दायित्व रहेको बताउनु भयो । उहाँले भन्नुभयो निर्वाचनलाई भयरहित ढंगले निष्पक्ष रूपमा सम्पन्न गर्नका लागि जिल्लामा व्यायापक रुपमा आन्तरिक तयारी गरिरहेको छौँ । पत्रकारहरुले जिल्लामा आगामी फागुनमा हुने प्रतिनीधी सभा सदस्य निर्वाचनमा मतदाताहरुलाई मतदान गर्ने वातावरण बनाउन अनुरोध गर्नुभएको छ । पत्रकार भेटघाट कार्यक्रममा जिल्लाका विभिन्न मिडियामा कार्यरत पत्रकारहरुको सहभागीता रहेको थियो ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like