- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ः माघ १७- नेकपा एमाले दोलखा काठमाडौं सम्पर्क मञ्च कमिटीको ५ औँ बिस्तारीत बैठक आज काठमाडौँमा सम्पन्न भएको छ । बैठकले दोलखा काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष उमेश खड्काको संयोजकत्वमा ७ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेकोे छ । बैठकले प्रदेश क्षेत्र नम्वर १ मा ऋषी बुढाथोकीको संयोजकत्वमा निर्वाचन परिचालन कमीटी गठन गरिएको छ । कमीटीको सह संयोजक मोतिलाल मोक्तानलाई तोकिएको दोलखा काठमाडौं सम्पर्क मञ्चले जनाएको छ । क्षेत्र नम्वर २ मा सरीता शिवाकोटीको संयोजकत्वमा निर्वाचन परिचालन कमीटी गठन गरिएको छ । कमीटीको सहसंयोजक नारद खड्कालाई तोकिएको छ । बैठकमा पार्टीका केन्द्रिय सदस्य आनन्दप्रसाद पोखरेल,केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार पार्वत गुरुङ,केन्द्रिय रचना खड्का,श्याम बस्नेत,उर्मीला सुनुवार, बागमीत प्रदेश कमीटी सदस्य बालकृष्ण शिवाकोटी, नेता सरस्वती बस्नेत लगायतले एकताका साथ नेकपा एमाले प्रभावशाली उम्मेदवार पार्वत गुरुङलाई बिजयी गराउने प्रतिवद्धता व्यक्तगर्नुभएको छ ।