Sunday, February 1, 2026

‘युवा संघ नेपालको अध्यक्षमा दोलखाका गुरुङ चयन


अगेनो न्यूज ः माघ १६- नेकपा एमालेको युवा संगठन ‘युवा संघ नेपालको अध्यक्षमा वरिष्ठ उपाध्यक्ष महाराज गुरुङ चयन हुनुभएको छ । अध्यक्ष क्षितिज थेबे पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित र प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङबाट उम्मेदवार हुनुभएपछि संघको राष्ट्रिय प्रतिनिधिको भेलाले गुरुङलाई अध्यक्षमा चयन गरेको हो । दोलखाको गौरीशंकर गाउँपालिकामा जन्मीनु भएको गुरुङ लामो समयदेखी युवा संघको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । गुरुङ दोलखा युवा संघको अध्यक्ष समेत बन्नु भएको थियो । आफ्नो नेतृत्वमा युवा संघप्रति हेर्ने दृष्टिकोण बदल्न प्रयास गर्ने गुरुङले बताउनुभएको छ । 


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like