- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ः माघ १६- नेकपा एमालेको युवा संगठन ‘युवा संघ नेपालको अध्यक्षमा वरिष्ठ उपाध्यक्ष महाराज गुरुङ चयन हुनुभएको छ । अध्यक्ष क्षितिज थेबे पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित र प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङबाट उम्मेदवार हुनुभएपछि संघको राष्ट्रिय प्रतिनिधिको भेलाले गुरुङलाई अध्यक्षमा चयन गरेको हो । दोलखाको गौरीशंकर गाउँपालिकामा जन्मीनु भएको गुरुङ लामो समयदेखी युवा संघको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । गुरुङ दोलखा युवा संघको अध्यक्ष समेत बन्नु भएको थियो । आफ्नो नेतृत्वमा युवा संघप्रति हेर्ने दृष्टिकोण बदल्न प्रयास गर्ने गुरुङले बताउनुभएको छ ।