- by agenonews
- Jul 23, 2025
अगेनो न्यूज,चैत २१ दोलखामा २ लाख भेडा तर बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाईने भएको छ । जिल्लामा बागमति प्रदेश सरकारको सहयोगमा चैत २२ गतेदेखी पिपिआर रोग विरुद्धको खोप अभियान सञ्चालन गरिने पशुसेवा कार्यालय दोलखाका पशु स्वास्थ्य प्राविधिक एंव सुचना अधिकारी प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको शैलुङ, वैतेश्वर, विगु, तामाकोशी र गौरीशंकर गाउँपालिकामा २२÷२२ हजार, भीमेश्वर नगरपालिकामा र मेलुङ गाउँपालिकामा २५÷२५ हजार, कालिञ्चोक गाउँपालिकामा २३ हजार र जिरी नगरपालिकामा १७ हजार गरि जिल्लामा २ लाख भेडा बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाईने छ । जिल्लाका सबै पालिकाहरुमा खोप पठाई सकिएको छ । पीपीआर बाख्रामा लाग्ने घातक संक्रामक रोग भएकाले रोग फैलिँदा करिब ८० प्रतिशतसम्म संक्रमित भेँडाबाख्राको मृत्यु हुने गरेको पशु प्राविधिकहरुको भनाई रहेको छ । पिपिआर रोगबाट भेडा ब्राख्रालाई बचाउने एक मात्र विकल्प खोप भएकाले जिल्ला सबै कृषकहरुलाई पिपिआर रोग वरुद्धको खोप अभियानमा खोप लगाउनका लागि पशुसेवा कार्यालय दोलखाले अनुरोध गरेको छ ।